परिचय
नेपाल “हरियो बन नेपालको धन” भन्ने उक्तीलाई सार्थक बनाउन “हर नेपालीले एक व्यक्ति एक विरुवा”को नारा लिई विरुवा जोगाउन तर्फ उन्मुख हुनु पर्ने वेला आएको छ । यसबाट भावि पिढीले पनि बन संरक्षणमा ठूलो महत्व र संरक्षणको भूमिका निर्वाह गर्न सक्ने छन । जलदेवी सामुदायिक बन उपभोक्ता समुह चितवन जिल्लाको भरतपुर माहानगरपालिका वडा नं. २ भित्र पूर्वमा पुंगीखोला कल्भर्ट देखि भलाई चौर बीचको बाटो पश्चिममा फेदीखोला हुदै मृगवास थुम्की, उत्तरमा ढ्यांग्री खोला, आँप बगैचा हुँदै नयाँ पानी ट्याकीको कल्भट हुदै धमिला खोला र दक्षिणमा आपटारी आवादी क्षेत्रसम्म फेदी खोला हुँदै नारायणीको तिर हुदै सिचाईको गेटसम्म ४५९.२९ हेक्टर क्षेत्रफल, नारायणगढ बजार देखि १ किलो मिटर नजीक रहेको छ ।
आत्यामिक र पुरातात्विक दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिएको देवघाट, बागेश्वरी र राजदरवार रहेकोले बन आध्यात्मिक, साँस्कृतिक र आर्थिक महत्व झल्काउने एक मात्र देश कै महत्वपूर्ण बन यो सामुदायिक बनले आफ्नै महत्व दर्शाएको छ ।
विश्वमै दुर्लव मानिएका जीवजन्तुहरुको बासस्थान (जस्तै बाघ, गैंडा चितुवा, हरिण चित्तल, वदेल, दुम्सी, मलसाप्रो रातोवादर, लंगुर), विभिन्न चराचुरुंगीहरुको (मयुर सिमकुखुरा, तित्रा, कोइली, लाहचे, गीद्ध, चील, बाज, माटीकोरे आदी) क्रीडास्थल र विभिन्न जातजाति तथा समुदायहरुको जीवन यापनका निमित्त उपभोग्य बस्तुहरु काठ, दाउरा, घाँस र जडिवुटीहरु (बेल, अमला, हर्रो, बर्रो, जमुना, क्यामुना, राजवुक्ष आदी) आपूर्ति गर्ने एकमात्र बन हो । यहाँ विभिन्न जातका जलचर २५० भन्दा वढि कीरा र पुतलीहरुका प्रजातिहरुको योवनलाई आफ्रनो बासस्थान, क्रीडास्थल र प्रजनन् स्थलको रुपमा प्रयोग हुदै आएको पाइन्छ ।
जैविक विविधताको दृष्टिले मात्रै होइन पर्यटन र धार्मिक पर्यटनको दृष्टिले पनि यो क्षेत्र अत्यन्तै महत्वपूर्ण मानिन्छ । हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा रहेको देवघाट क्षेत्र पुरातात्विक रुपले महत्वपूर्ण मानिएको बागेश्वरी क्षेत्र तथा यहाँ नेपालकै एक मात्र नमूना गौं संरक्षण केन्द्र, पवित्र नारायणी नदी, आध्यामिक दृष्टिले अत्यन्तै महत्व राख्ने गणेशस्थान र जलदेवी मन्दिर जस्ता विभिन्न पवित्र स्थानहरु रहेको छ ।
अवधि :
शुरु अवधिः
बन क्षेत्रफल :
अध्ययन केन्द्रको क्षेत्रफल :
भवनको कोठा क्षेत्रफल :
उद्देश्य : बन संरक्षण तथा अध्ययन स्रोत केन्द्र
१) बन, जडीबुटी तथा बन्यजन्तुहरुको संरक्षण गर्ने सम्बन्धि व्यवस्था ।
२) बन भित्र पाइने दुर्लभ बोटवुटान, जडीवुटी, पुतली, चराचुरुंगी, सालीग्राम, यहाँ पाइने जनावरहरुको फोटो, पुस्तक आदी अध्ययनका लागि चाहिने सामाग्रीहरु, पुस्तकालय तथा संग्रालयमा राखिने ।
अवस्था अध्ययन
बन सम्बन्धि अध्ययन :
क) बोटविरुवा तथा जडीवुटीको अवस्था अध्ययन
(बन र जडीवुटीको किसिम र परिचय )
ख) चितवन जिल्ला बन भित्र पाइने चराचुरुंगीको किसिम र परिचय
ग) पुललीको अवस्था, बासस्थान किसिम र परिचय
घ) बन्य जन्तुको अवस्था, बासस्थान किसिम र परिचय
ड.) सालीग्राम तथा अन्य दुंगाहरुको किसिम र परिचय
च) नमुना मुर्दाघाट तथा चियानको परिचय अवस्था क्षेत्र, सुरक्षा बार्षिक उत्पादन जडीवुटी, संकलन, बेर्ना बेचविखन सम्बन्धित सुरक्षा तथा अग्नी नियन्त्रण विशेषज्ञको आवश्यकता कर्मचारीको आवश्यकता भवन तथा अन्य सुरक्षा, सम्बन्धि उपकरण बोटविरुवाको नर्सरी तथा विउ उत्पादन सामागंी । अन्तर्राष्ट्रिय जगतमा पाइने जडीवुटीको नमूना अध्ययन किताब ।
बोटविरुवा तथा जडीवुटीको अवस्था अध्ययन
(बन र जडीवुटीको किसिम र परिचय )
जलदेवी बन क्षेत्र करीव ४५९.२९ हे क्षेत्रफलमा फैलिएको छ जसलाई सहज रुपमा बन व्यवस्थापन गर्नको लागि छ वटा व्लकमा विभाजन गरिएको छ । यसमा मूख्यतया पाइने उपयोगी रुखहरु साल, बोटधगेरो, क्यामुना, राजवृक्षे, सिन्दुरे, असारे, कालीकाठ, कुसुम, कुम्भी, सिगाने, जमुना, सिमल सिसौ आदी रहेको छ । यस क्षेत्रमा बेल, अमला, कुरिलो रुद्रिलो, हर्रो, वर्रो, गुर्जो आदि जडिवुटी बनस्पतिहरु रहेको पाइन्छ । यसको अध्ययन अनुसार विरुवाहरु निम्न अवस्थामा रहेको छ । व्लक नं. १, वृक्षारोपण व्लक नामाकरण गरिएको छ । यसको क्षेत्रफल ११७.१५ हेक्टर रहेको छ ।